नेकपा सांसदको आपत्तिः रवि लामिछानेमाथिको अनुसन्धानमा बाधा पुग्यो

appharu
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद बलराम बाँस्कोटाले शालिकराम पुडासैनी मृत्यु प्रकरणको अनुसन्धानलाई बाधा पुग्नेगरी विभिन्न गतिविधि भएका भन्दै आपत्ति जनाउनुभएको छ । आज राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उहाँले सञ्चारकर्मी रवि लामिछानेमाथिको अनुसन्धानमा बाधा पुग्नेगरी भइरहेका गतिविधि तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा बाल्दै सांसद बाँस्कोटाले कोहीमाथि प्रश्न उठिसकेपछि अनुसन्धान गर्ने काम सरकारको भएको र कसैले पनि अनुसन्धानमा बाधा पुर्‍याउन नहुने बताउनुभयो ।

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा मुछिएपछि हाल रवि लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर प्रहरीले अनुुसन्धान गरिरहेको छ । तर, रविका समर्थकहरुले रवि निर्दोष भएको भन्दै प्रदर्शन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?