नेकपाको सचिवालय बैठकअघि ओली र प्रचण्डले किन गरे गोप्य छलफल ?

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ । उनीहरुबीच नेता माधव कुमार नेपालले दर्ता गराएको सात बुँदे ‘नोट अफ डिसेन्ट’बारे छलफल भएको बुझिएको छ ।

यसअघि हिजो तीन बजे बस्ने भनिएको सचिवालय बैठक पर्याप्त गृहकाय नपुगेको भन्दै आजका लागि सारिएको थियो ।

सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र विभिन्न आयोगहरु गठनमा रहँदै आएको विवाद समाधान गर्ने नेकपाको प्रयास छ ।

सचिवालय बैठक अहिले शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?