वित्तीय विवरण र सेयरधनीको सूचि बुझाउन नेप्सेको निर्देशन

काठमाडौं, १९ पुस । नेपाल स्टक एक्सचेन्जले सूचिकृत सबै कम्पनीहरुलाई कम्पनीको लेखा परिक्षण भएको वित्तीय विवरण र सेयरधनीको सूचि बुझाउन निर्देशन दिएको छ नेप्सेले सूचिकृत कम्पनीहरुको वर्गिकरण गर्नका लागि उक्त विवरण माग गरेको हो नेप्सेले सूचिकृत कम्पनीहरुलाई आगामी माघ १० गतेभित्र नेप्सेले मागेका विवरणहरु उपलब्ध गराउन भनेको छ नेप्सेले सूचिकृत कम्पनीहरुलाई संस्थापक तथा साधारण सेयरधनीहरुको पुरा नाम र सेयरसंख्याको विवरण माग गरेको छ । त्यस्तै, आर्थिक वर्ष ०७३–०७४ को लेखा परिक्षण गरेको वित्तीय विवरण मागेको छ । लेखा परिक्षण भइनसकेका कम्पनीहरुलाई व्यवस्थापनद्वारा प्रमाणित वित्तीय विवरण बुझाउन नेप्सेले भनेको छ धितोपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ मा व्यवस्था भए अनुसार धितोपत्र सूचिकरण गराउने संगठित संस्थाहरुको वर्गीकरण गर्न आवश्यक भएकोले उक्त विवरण माग गरिएको नेप्सेका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले जानकारी दिए सूचिकरण विनियमावलीमा गरिएको व्यवस्था अनुसार चुक्ता पुँजी (साधारण शेयर) कम्तिमा २ करोड भएको, साधारण शेयरवालाहरुको संख्या कम्तिमा एक हजार जना भएको, सार्वजनिक रुपमा शेयर बिक्री गरेको, कम्तिमा ३ वर्ष अगाडि देखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा उक्त आर्थिक वर्षको कारोबार तथा आय व्यय विवरण स्टक एक्सचेन्जमा पेश गरिसकेको कम्पनीलाई क वर्गमा वर्गिकरण गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?