प्रहरीले कर्णाली प्रदेश सरकारका बर्खास्त मन्त्री खत्रीलाई किन राख्यो ‘फरार’ सूचीमा ?

काठमाडौं । प्रहरीले कर्णाली प्रदेश सरकारका बर्खास्त मन्त्री खड्गबहादुर खत्रीलाई ‘फरार’ सूचीमा राखेको छ । बैंकिङ कसुरको अभियोग लागेपछि बर्खास्त भएका मन्त्री खत्रीलाई सरकारी छाप दस्तखत ‘कीर्ते’ गरेको अभियोगमा मुद्दा अघि बढाउँदै प्रहरीले ‘फरार’ सूचीमा राखेको हो ।
पूर्वमन्त्री खत्रीले अदालतले दिएको म्यादसमेत गुजारेपछि प्रहरीले ‘कीर्ते’ मुद्दासमेत जोडेर उनीविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी पनि गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा खत्रीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा खत्रीलाई उच्च अदालत पाटनले तीन दिनभित्र उपस्थित गराउन आदेश दिएको थियो । तर, खत्रील तीन दिनको म्याद पनि गुजारेर अटेर गरेपछि प्रहरीले उनीविरुद्ध ‘कीर्ते’मा मुद्दा लैजाने तयारी गर्दै ‘फरार’ सूचीमा राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?