प्रहरीले बयान लिइरहेकै बेला बलात्कार आरोपी फरार भएपछि…

काठमाडौं । प्रहरीले बयान लिइरहेकै बेला फरार भएका बलात्कार आरोपी पुनः पक्राउ परेका छन् ।

फरार भएका सिरहाका २० वर्षीय राममणि यादवलाई मंगलबार राति सिरहा सदरमुकामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि १३ वर्षीया बालिका बलात्कारको आरोपमा उनलाई जनकपुरधाम उप-महानगरपालिका-८ बलुवा टोलबाट प्रहरीले पक्रेको थियो ।

अदालतबाट ५ दिनको म्याद थप गराई बयान लिइरहँदा गत साउन ३० गते यादव जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटबाटै भागेका थिए ।

प्रहरीले राममणिलाई भगाउन सहयोग गर्ने थप चार जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?