शीर्ष स्थानको सिटी अंक दुरी बढाउँदै, टोटलह्यामद्वारा स्वान्सी पराजित

काठमाडौं, १९ पुस । इङलिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले अंक दुरी बढाउँदै लगेको छ शीर्ष स्थानको सिटीले मंगलबारराति भएको खेलमा वाटफोर्डलाई हराएको छ । सिटीको जितमा रहिम स्टर्लिङ र सर्जियो अग्वेरोले एक एक गोल गरे भने वाट्फोर्डका लागि क्रिष्टिय कावासेलीले आत्मघाती गोल गरेका थिए । वाटफोर्डका लागि एन्डी ग्रेले सान्त्वना गोल फर्काए प्रिमियर लिगकै अर्को खेलमा टोटनह्यामले स्वान्सी सिटीलाई २–० ले पराजित ग¥यो । टोटनह्यामका लागि फर्नान्डो लोरेन्टे र डेले अलीले एक–एक गोल गरे मंगलबाररातिकै अर्को खेलमा क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई २–१ ले हरायो भने वेष्ट ह्याम युनाईटेडले वेष्ट ब्रोममाथि २–१ कै जित निकाल्यो मंगलबाररातिका खेलपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको २२ खेलबाट ६२ अंक भएको छ भने समान खेलबाट ४७ अंक जोडेको युनाईटेड दोस्रो र एक खेल कम खेलेको चेल्सी ४५ अंक सहित तेस्रो स्थानमा रहेका छन् बुधबारराति चेल्सी र आर्सनल प्रतिस्पर्धा गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?