नवलपरासीमा ट्रक दुर्घटनामा एकको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालीका-२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय आरजे०५जिबी ४१६७ नंको ट्रक दुर्घटनामा परेको हो ।

ट्रक आफै अनियन्त्रित भएर सडकछेउ विद्युत्को पोलमा ठोक्किएर सडकदेखि करीब २० मिटर तल खस्दा चालक भारत उत्तर प्रदेश जोगरा बस्ने ३५ वर्षीय सुल्ताङ सिंहको मृत्यु भएको हो ।

चालक सुल्ताङको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।

दुर्घटनामा परेर घाइते भएका सहचालक ३१ वर्षीय जोगेन्द्र सिंहको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?