१७ करोड हिनामिना गर्ने बैंक म्यानेजर पक्राउ

काठमाडौं । देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर करोडौ हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।

बैंकको १७ करोड हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ ।

प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिका बारेमा बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?