१२ जेष्ठ २०७९, बिहीवार

पहिलो पटक जापानमा मिस एण्ड मिसेस नेपाल—२०१८ हुने

२०७४,पुष,१९,बुधबार ०५:३१

9
Shares

जापान, १९ पुस । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने भएको हो आयोजकका अनुसार, कला संस्कृतिको प्रचारप्रसार र सौन्दर्यता, व्यक्तित्व, अन्तरक्षमताको विकासका लागि व्यावसायिक रुपमा नेपाली महिला प्रतिस्पर्धामा उत्रिन लागेका हुन् प्रतिस्पर्धीलाई पारिवारिक र विद्यार्थी भिजामा जापानमा बसोबास गर्दै आएका महिलाले नेपालको कला सस्ंकृति, सुन्दरता बौद्धिक प्रतिभासहित अन्तरक्षमताका विभिन्न १५ विधामा प्रतिस्पर्धा गर्नेछन् पहिलो चरणको छनोट प्रक्रिया १ फेबु्रअरी र उत्कृष्टताका आधारमा अन्तिम छनोट १८ फेबु्रअरी २०१८ मा गरिनेछ । अडिसनमा छनोट भएकालाई ३ फेबु्रअरीबाट फिटनेश, सेल्फ मेकअप, हाँसो, फोटो सेसन, मिडियासम्बन्धी जानकारी र स्टेज पफर्मेन्स, क्याटवाक र मानव संशाधनलगायतका बारेमा तालीम दिइने आयोजक सिन्जोऊ कर्पोरेसनका प्रबन्ध निर्देशक उत्तमकुमार श्रेष्ठले बताए आफ्नै फरक क्षमताका आधारमा पहिलो, दोस्रो र तेस्रो भएका विवाहित र अविवाहित दुवै विजेताले नगदसहित म्युजिक भिडियो तथा स्थानीय मिडियामा अवसर पाउनेछन् । छनोट विवादरहित बनाउन नेपालबाट सम्बन्धित क्षेत्रका विज्ञ र जापानबाट पनि प्रतिनिधि सहभागी रहनेछन् कार्यक्रमको व्यवस्थापन गरेको डेस्टिनी क्रियसनका असिम बस्नेतका अनुसार लामो समयदेखि जापानमा बसोबास गर्दै आएका नेपालीले कला सस्ंकार जोगाउने पहिरन, पोशाक, रङदेखि गुन्यु, चोलो र नाक, कान, घाटीमा लगाउने गहना र तिलहरीसहित सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ०५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युक्रेनी सहर मारिओपोलमा सहरमा २०० शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट

काठमाडौं । मध्यपूर्व एसियाको देश कतारमा प्लास्टिक झोला प्रयोगमा रोक लगाइएको छ। वातारणीय प्रदुषण कम गर्न कतारले प्लास्टिक झोला प्रयोगमा

ढाका । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका प्रमुखले बंगलादेशको दुर्गम र बाढीले जोखिम टापुमा स्थानान्तरण गरिएका रोहिंग्या शरणार्थीहरूलाई सहयोग बढाउन सहमत

काबुल । अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२