लेवान्डोस्कीले जिते स्टार अफ दि इयर अवार्ड

एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले स्टार अफ दि इयर अवार्ड जितेका छन् ।

पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले जर्मन पत्रिका स्पोर्ट्स ब्लिडले प्रदान गर्ने अवार्ड स्टार अफ दि इयर पाएका हुन् ।

स्पोर्ट्स ब्लिडले लेवान्डोस्कीलाई सोमबार राति आयोजित एक विशेष कार्यक्रममा अवार्ड प्रदान गरेको थियो ।

लेवान्डोस्की गत सिजन जर्मन बुन्डेस लिगा फुटबलमा सर्वाधिक गोलकर्ता बनेका थिए । गत सिजन लेवान्डोस्कीले २२ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?