के संविधान र गणतन्त्रविरुद्ध नेपथ्यमा ‘षड्यन्त्र’ सुरु भएकै हो त ?

appharu
0
Shares

काठमाडौं : के संविधान र गणतन्त्रविरुद्ध नेपथ्यमा ‘षड्यन्त्र’ सुरु भएकै हो त ? प्रधानमन्त्रीको आह्वानमा मंगलबार अचानक बोलाइएको सर्वदलीय बैठकको मूल एजेन्डै त्यही रह्यो । र, संविधान बनाउने शक्तिहरू एकगठ भएर ऐक्यबद्धता जनाए, ‘संविधान, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका पक्षमा हामी सधैं, सबै, सँगै छौं।

बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ विषय उठान गरेका थिए– १. प्रणालीकै विरुद्ध आवाज उठ्न थालेका छन्, यो दुस्साहस कहाँबाट कसरी आयो ? २. बढ्दो हिंसाविरुद्ध शान्तिका पक्षमा सरकार एक्लै लड्ने कि विपक्षीले पनि साथ दिनुपर्ने हो ? ३. लोकतन्त्रका आधारभूत सबाल र संविधानलाई बलियो बनाउने विषयमा हामी सबै एक ठाउँ किन नहुने ?

संसद्मा सम्बोधनका क्रममा आइतबार प्रधानमन्त्रीले ‘चिहानमा गई हड्डी फुकेर अब पुरानो व्यवस्था फर्काउँछु नभने हुन्छ’ भन्ने कडा चेतावनी दिएका थिए । त्यसले पुरानो दरबारिया शक्तिको सलबलाहटको संकेत गरेको थियो । दुई दिनमै उनले सर्वदलीय बैठक बोलाएर त्यही परिस्थिति औंल्याए । सहभागी सबै दलका नेताले पनि त्यसलाई गम्भीरतापूर्वक लिएका छन्।अन्नपूर्ण पाेस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?