९ जेष्ठ २०७९, सोमवार

पहिलो पटक जापानमा मिस एण्ड मिसेस नेपाल—२०१८ हुने

२०७४,पुष,१९,बुधबार ०५:३१

0
Shares

जापान, १९ पुस । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने भएको हो आयोजकका अनुसार, कला संस्कृतिको प्रचारप्रसार र सौन्दर्यता, व्यक्तित्व, अन्तरक्षमताको विकासका लागि व्यावसायिक रुपमा नेपाली महिला प्रतिस्पर्धामा उत्रिन लागेका हुन् प्रतिस्पर्धीलाई पारिवारिक र विद्यार्थी भिजामा जापानमा बसोबास गर्दै आएका महिलाले नेपालको कला सस्ंकृति, सुन्दरता बौद्धिक प्रतिभासहित अन्तरक्षमताका विभिन्न १५ विधामा प्रतिस्पर्धा गर्नेछन् पहिलो चरणको छनोट प्रक्रिया १ फेबु्रअरी र उत्कृष्टताका आधारमा अन्तिम छनोट १८ फेबु्रअरी २०१८ मा गरिनेछ । अडिसनमा छनोट भएकालाई ३ फेबु्रअरीबाट फिटनेश, सेल्फ मेकअप, हाँसो, फोटो सेसन, मिडियासम्बन्धी जानकारी र स्टेज पफर्मेन्स, क्याटवाक र मानव संशाधनलगायतका बारेमा तालीम दिइने आयोजक सिन्जोऊ कर्पोरेसनका प्रबन्ध निर्देशक उत्तमकुमार श्रेष्ठले बताए आफ्नै फरक क्षमताका आधारमा पहिलो, दोस्रो र तेस्रो भएका विवाहित र अविवाहित दुवै विजेताले नगदसहित म्युजिक भिडियो तथा स्थानीय मिडियामा अवसर पाउनेछन् । छनोट विवादरहित बनाउन नेपालबाट सम्बन्धित क्षेत्रका विज्ञ र जापानबाट पनि प्रतिनिधि सहभागी रहनेछन् कार्यक्रमको व्यवस्थापन गरेको डेस्टिनी क्रियसनका असिम बस्नेतका अनुसार लामो समयदेखि जापानमा बसोबास गर्दै आएका नेपालीले कला सस्ंकार जोगाउने पहिरन, पोशाक, रङदेखि गुन्यु, चोलो र नाक, कान, घाटीमा लगाउने गहना र तिलहरीसहित सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ०५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दम एक गम्भीर श्वासप्रश्वास रोग हो। यो रोगका कारण कतिपय अवस्थामा सास फेर्न गाह्रो हुन्छ । यदि समयमा

काठमाडौं । आयुर्वेददेखि चिकित्सा विज्ञानसम्म हरेक तहमा बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताइन्छ । हामीले बाँच्ने तरिका, के

काठमाडौं । तौल बढ्नु अहिलेको समयको सबैभन्दा गम्भीर स्वास्थ्य समस्या हो । अनुसन्धानका अनुसार अधिक तौल भएका व्यक्तिहरूमा हृदय रोग,

काठमाडौं । शरीरलाई राम्रोसँग काम गर्न दिनहुँ विभिन्न प्रकारका पोषक तत्वहरू चाहिन्छ। सामान्यतया, प्रोटिन, भिटामिन सी-डीजस्ता पोषक तत्वहरूको आवश्यकतालाई बुझेर

ताजा समाचार