रक्तचन्दनको तेलसहित ३ जना पक्राउ

appharu
0
Shares

काठमाडौं–रक्तचन्दनको तेलसहित प्रहरीले तीनजनालाई राजधानीको नयाँ बजारबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ धुनीबेसीका अच्यूत केसी सिन्धुपाल्चोक मेलम्चीका जित लामा र नुवाकोट बेलकोटगढीका सुजन पौडेल रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले जानकारी दिए।


रक्त चन्दनको तेल कारोबार भइरहेको भन्ने विशेष सुराकीको आधारमा जित बहादुर बस्नै आएको कोठामा खानतलासी गर्दा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा ४५ लिटर तेल फेला परेको उनले बताए ।
तीनै जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?