सर्वदलीय बैठकपछि के भने बाबुरामले, प्रमलाई आए यस्ता सुझाव

appharu
0
Shares

काठमाडौं– समाजवादी पार्टीका संघीय परिषद् सदस्य बाबुराम भट्टराईले मंगलबारको सर्वदलीय बैठकमा विभिन्न ४ सुझाव दिएका छन् ।

बैठकपछि भट्टराईले आफूले प्रमले बोलाएको सर्वदलीय बैठकमा प्रमलाई पूर्ण स्वास्थ्यलाभको कामना सहित केही तत्काल गर्नुपर्ने सुझाव दिएको बताएका छन् ।

छिटो सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगको काम पूरा गर्ने, विधेयकहरू बनाउँदा सरोकारवालाको सुझाव लिन, विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्य गर्न र संविधान संशोधनको काम छिटो सम्पन्न गर्न सुझाव दिएको भट्टराईको भनाई छ ।
प्रमले सहमति र सहकार्यको प्रयासस्वरुप संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?