लोकतन्त्रबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न एकजुट हुँनुको विकल्प छैन : प्रधानमन्त्री ओली

appharu
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रबाट प्राप्त उपलब्धिलाई संस्थागतको लागि दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङगलबार साँझ बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र प्राप्त उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेको भन्दै सबैलाई मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाकाबारेमा पनि जानकारी गराउँदै थप उपचारका लागि बुधबार सिंगापुर जान लागेको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्रीले सबै मिलेर जाऊ भन्ने प्रस्तावप्रति भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाउनुभएको थियो ।

उहाँले सरकार मनपरी ढंगबाट अघि बढेको आरोप लगाउँदै यस्तो अवस्थामा मिलेर जान नसकिन्छ तर्क गर्नुभयो ।

बैठकमा सहभागी मधेसी दलहरुले पनि प्रधानमन्त्री र मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजकिशोर यादवले प्रधानमन्त्रीलाई दल र गुटको भन्दा पनि देशको प्रधानमन्त्री बन्न आग्रह गन्नुभयो ।

बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?