कांग्रेस नेता डा. कोईरालाको प्रश्न : अब पनि नभए कहिले ?

बिभाजित पार्टीलाई एक ढिक्का बनाउने अठोट

appharu
0
Shares

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गुट र उपगुटमा बिभाजित भएको पार्टीलाई एक ढिक्का बनाएरै छाड्ने बताउनुभएको छ । नेपाली कांग्रेस तरुण बिभाग मोरङ्ले बिराटनगरमा आयोजना गरेको तरुण युवा सँग कांग्रेस बिषयक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता डा कोइरालाले सरकारकै कारण संघियता गुम्ने खत्तरा बढेको समेत बताउनुभयो । बैचारिक गुट हुनुपर्नेमा गिरोह हावी भएकाले राम्रा र योग्य ब्यक्तीलाई पार्टीमा उचित स्थान दिन नसकिएको स्विकार गर्दै कोईरालाले आफुलाई पदको कुनै लोभ नभएको जिकीर गर्नुभयो । अब पार्टीलाई पुरानै अवस्थामा फर्काउनु पर्छ ।
गाउॅ र दुर दराजमा पुगेर आफूले पार्टी र लोकतन्त्रका लागी जीवन भर लडाई लडेका साथीहरुको अवस्था देखेको भन्दै उहाँले यो तरिकाले पार्टी नचल्ने निष्कर्ष निकालेको बताउनुभएको हो । अब पनी हामी जिम्मेवार नभए कहिले हुने ? डा शेखरको प्रश्न थियो। ”नेताहरुकै कारण पार्टी मात्रै होईन कार्यकर्ताको मानसिकता पनी बिभाजित छ ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डिला संग्रौला,मोरङ् कांग्रेसका सभापती डिगबहादुर लिम्बु,राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी,प्रदेस सभा सदस्य केदार कार्की लगायतले आ- आफ्नो मन्तब्य राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?