‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन मिल्दैनः ईश्वर पोख्रेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले “माना पाथी जोखे” जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोग्न नमिल्ने बताउनुभएको हो । उहाँले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउदै जानुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो “प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउदै जाने हो । एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा । एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुदैन । यो जोखे जस्तो हुदैन । नमिलेका कुराहरु भोली व्यवहारमा मिलाउदै जाने हो ।”

उहाँले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले छिट्टै काठमाण्डौ जिल्ला कमिटीले पुर्णता पाउने विश्वास पनि दिलाउनुभयो । काठमाण्डौ अन्र्तगत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रिय स्तरका कमिटीले पूर्णता पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?