खुकुरी देखाउँदै फेसबुकमार्फत ओली, प्रचण्ड र देउवालाई गाली गर्ने पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नांगो खुकुरी देखाउँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का २५ वर्षीय सागर मैनाली छन् । उनलाई सोमबार महानगरीय प्रहरी अपराध महाशाखा र इलाका प्रहरी कार्यालय सिमराको टोलीले पक्राउ गरेको हो ।

बारामा पक्राउ गरेर काठमाडौं ल्याइएका उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?