यसरी भयो अजय सुमार्गी र कैलाश सिरोहियाको दुवईमा गोप्य सम्बाद

काठमाडौं, १९ पुस । कान्तिपुरका संचालक कैलाश सिरोहिया र थाहा संचारका संचालक अजय सुमार्गीबीच कस्तो प्रकारको मनमुटाब रहेको छ भन्ने कुरा पछिल्लो पटक थाहा संचारका मालिकले प्रशासनमा ज्यानको खतरा रहेको छ भन्दै दिएको उजुरीले प्रस्ट पारेको छ तर, कैलाशबाट आफ्नो जिउधनको सुरक्षा खतरा रहेको भन्दै प्रशासनमा उजुरी दिएका थाहा संचारका मालिक सुमार्गी र कैलाशबीच गोप्य वार्ता भएको छ उनीहरुबीच दुवईमा रातभर विशेष सम्बाद भएको छ पुस १३ गते फ्लाई दुवईको जहाजबाट सुमार्गी दुवई गएको र त्यसको भोलिपल्ट कैलाश पनि सोही जहाजबाट दुवई पुगेका थिए । कैलाश त्यहाँ पुगेपछि दुईबीच गोप्य भेटवार्ता भएको उक्त थियो त्यस्तै, दुवईमा भएको उक्त भेटवार्तापनि सुमार्गी भने पुस १५ गते काठमाडौं फर्केका छन् भने कैलाश भने दुवईमा नै रहेका छन् । साथै, कैलाशले सुमार्गीलाई स्वामी भनेर समेत सम्बोधन गर्ने गरेको पनि बताइएको छ सुमार्गीले पुस १३ गते काठमाडौं जिल्ला प्रशासन कार्यलयमा कैलाशबाट ज्यानधनको सुरक्षा गरी पाउँ भन्दै निवेदन दिएका थिए । त्यस लगत्तै उनी दुवई गएका थिए त्यसको भोलिपल्ट सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ पर्ने डरले सुमार्गी विदेश उडेको भन्दै कान्तिपुरमा समाचार नै प्रकाशित भएको थियो । तर, सुमार्गीको परिवार स्रोतले भने, उनी पूर्वनिर्धारित कार्यक्रममा भाग लिन दुवई गएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?