प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, भदौ २६ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।बैठकले मंसिर १० र २१ को निर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीक्रृत समेत गरेकोे छ ।बैठकले उक्त दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?