डाक्टर सुन्दरमणि दीक्षितले भने, “प्रधानमन्त्रीलाई केही भईदियो भने…”

काठमाडौं । नागरिक अभियन्ता डाक्टर सुन्दरमणि दीक्षितले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले सरकार प्रमुखको स्वास्थ्य अवस्थाबारे सर्वसाधरणलाई जानकारी नगराईएको भन्दै गुनासो गर्नुभएको हो । उहाँले उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्रीलाई डाक्टरले के भने र किन फेरी जादैछन् भन्ने जानकारी जनताले पाउनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो “उहाँलाई केही भईदियो भने नेपालको अवस्था खराब हुन्छ । हामीले थाहा पनि नपाउने ?”

नागरिक अभियन्ता दीक्षितले उच्च प्रविधियुक्त वर्तमान अवसथमा औषधीको मात्रा मिलाउनका लागि मात्रै प्रधानमन्त्री सिंगापुर जाने कुरालाई विश्वास गर्न नसकिने भन्दै उहाँले यथार्थ जानकारी गराउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “हामीलाई जानकारी चाहियो । विज्ञप्ती चाहियो एक्ज्याक्टलि के भएको हो ? आम नागरिकको हक हो यो । उहाँको अगाडिको भविश्य के छ ? हामीले थाहा पाउनुपर्छ ।”

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डाक्टर राजन भट्टराईले प्रधानमन्त्री दैनिक भेटघाट र बैठकहरुमा सहभागी हुदै आएकाले स्वास्थ्य अवस्थाबारे चिन्ता लिईहाल्नुपर्ने स्थिति नरहेको स्पष्ट पार्नुभयो ।

केही दिन अघि मात्रै स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री फेरी स्वास्थ्य उपचारकै लागि सिंगापुर जान लागेपछि उहाँको स्वास्थ्य बारेमा सर्वत्र चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?