१० जेष्ठ २०७९, मंगलवार

सिन्धुपाल्चोकमा आवास निर्माणमा तीव्रता

२०७४,पुष,१९,बुधबार ०४:०८

0
Shares

चौतारा, १९ पुस – भूकम्प गएको अढाइ वर्षपछि सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीव्रता आएको छ सरकारले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको कारण लाभग्राहीले पुनःनिर्माणमा सक्रियता देखाउन थालेका हुन् भूकम्प गएको एक वर्षपछि २०७३ साल वैशाख १२ गते ११ बजे र ५६ मिनेटको समयमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौतारास्थित सर्वे तामांङको घरको शिलान्यास गरी आवास निर्माणको शुभारम्भ गरेका थिए तर लाभग्राहीले आवास निर्माणमा खासै चासो दिएका थिएनन् । अझै पनि बैंकमा जग्गा धितो राखेर ऋण नपाएका गरिबीका रेखामुनि रहेका कतिपय लाभग्राहीले भने आर्थिक अभावका कारण आवास निर्माण गर्न नसकी टहरामै बस्न बाध्य भएका छन् गएको दशैँयता धेरैजसोले आवास निर्माण शुरु गरेका छन् । तर यसैबेला व्यापारीले मौका छोपेर सिमेन्ट र फलामे डण्डीको आकासिने गरी मूल्यवृद्धि गर्नुका साथै कृत्रिम अभावसमेत सिर्जना गरेका छन् केही समय पहिले रु ७५० मा पाइने ओपिसी सिमेन्टको मूल्य हाल रु एक हजारभन्दा माथि पुगेको छ भने फलामे डण्डीमा पनि व्यापक मूल्यवृद्धि भएको छ । यसरी मूल्यवृद्धि हुँदा पनि सरकार मौन बसेकामा लाभग्राही आक्रोशित भएका छन् बढी मूल्य तिर्दा पनि समयमा सामान नपाउँदा काम नै रोक्नु परेको भन्दै कतिपय लाभग्राहीले गुनासो गरेका छन् । यसका साथै ढुवानी भाडामा पनि व्यापक वृद्धि भएको छ । खोलामा गिट्टी र बालुवाको समेत अभाव भएको छ शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सिन्धुपाल्चोकका अनुुसार ३६ हजार २७५ जना अर्थात ४६.१८ प्रतिशतले आवास निर्माण कार्य शुरु गरेका छन् । जिल्लामा शुरुमा ७८ हजार ५३७ लाभग्राही अर्थात ९६.४८ प्रतिशतले पहिलो किस्ताको सम्झौता गरिसकेका छन् । पाँच हजार १२६ जनाले गुनासोमा नाम दर्ता गरेपछि हाल लाभग्राहीको संख्या ८३ हजार ६६३ पुगेको छ त्यसमध्ये ७५ हजार ६५२ अर्थात ९६.१८ प्रतिशतले पहिलो किस्ता लगेका छन् भने २५ हजार ५१७ अर्थात ३२.४९ प्रतिशतलाई दोस्रो किस्ताको लागि सिफारिश गरिएको छ त्यस्तै, चार हजार ८०३ जनालाइ तेस्रो किस्ताको सिफारिश गरिएकाले अझै दुई तिहाइले घर बनाउन बाँकी भएको सो कार्यालयका निमित्त प्रमुख टंक गौतमले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ०४:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान

बारा । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा बिरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट

जुम्ला । जुम्लामा जातीय व्यवस्थाविरुद्ध प्रदर्शन गरिएको छ । रुकुमपश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको

सप्तरी । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३