कश्मीर मामिलाबारे राष्ट्रपति ट्रम्पद्वारा नरेन्द्र मोदी र इमरान खानसँग वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू–कश्मीर मामिलाबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत दुवै देशका प्रधानमन्त्रीसँग विशेषगरी कश्मीर मामिलालाई लिएर संवाद गरेको जनाउनुभएको छ । उहाँले परिस्थिति अप्ठ्यारो भएपनि सकारात्मक कुराकानी भएको उल्लेख गर्नुभएको छ । कश्मीर मामिला बाहेक भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री खानसँग व्यापार, रणनीतिक साझेदारीका विषयमा समेत कुराकानी भएको राष्ट्रपति ट्रम्पको भनाई छ ।

भारतीय प्रधानमन्त्री मोदीको आधिकारिक ट्वीटर ह्यान्डलबाट पनि ट्रम्पसँग आधा घण्टा टेलिफोन संवाद भएको जानकारी दिइएको छ ।

यही अगष्ट ५ मा भारतले संविधानको धारा ३७० निष्प्रभावी बनाएर जम्मू–कश्मीरले पाएको विशेष राज्यको दर्जा खारेज गरेको थियो । भारतको निर्णयपछि पछिल्लोपटक पाकिस्तानसँगको सम्बन्धमा तिक्तता आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?