सुन्दर गोकर्णेश्वर नगरपालिका – एक परिचय (वृत्तचित्रसहित)

appharu
65
Shares

काठमाडौं जिल्लाको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिका सुन्दरीजल, नयाँपाटी, वालुवा, गोकर्णेश्वर र जोरपाटी गरी पाँच गाविसलाई सम्मिलित गराइ वि सं २०७१ साल मङसिर १६ गते स्थापना गरिएको हो । ५८.५ वर्ग किमि क्षेत्रफल ओगटेको यस नगरपालिकाको पूर्वी सिमानामा काठमाडौँ महानगरपालिकाको वडा नं ६ र बुढानिलकण्ठ अवस्थित छ भने पश्चिम दक्षिणमा कागेश्वरी मनहरा र उत्तरमा शिवपुरी राष्ट्रिय निकुञ्ज र नुवाकोट जिल्ला रहेको छ । नगरपालिकामा जम्मा ९ वटा वडाहरु छन् ।
प्राकृतिक, भौगोलिक र सांस्कृतिक रुपमा सम्पन्न यस नगरपालिकामा वि सं २०६८ सालको तथ्याङ्क अनुसार १ लाख ७ हजार ३ सय ५१ जनाको वसोवास रहेको छ ।

गोकर्णेश्वर नगरपालिका भूबनोटको दृष्टिकोणबाट निकै सम्पन्न छ । भीर, पाखा, टार, वेंसी, फाँट, जङ्गल आदिको समिश्रणले गर्दा यहाँ सबै किसिमका भौगोलिक विविधता नियाल्ने अवसर मिल्छ । मौसम र प्रकृतिले पनि गोकर्णेश्वरलाई झनै सुन्दर बनाएको छ । न जाडो न गर्मी किसिमको मौसम हुने भएकाले यहाँ धेरै प्रकारका वनस्पति र अन्नबालीको उब्जनी हुन्छ । नगरपालिकाको धेरैजसो जमिन जङ्गल र बालीनालीले ओगटेको छ । यी लगायत गोकर्णेश्वरको समग्र अवस्था भिडियोमा हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?