निर्वाचन आयोगको यस्तो तयारी,मतदाताले जान्नैपर्छ यी कुरा (भिडियोसहित )

appharu
0
Shares

प्रतिनिधिसभामा एक सिटसहित ५० पदमा मंसिर १४ गते शनिबार रिक्त रहेका ५० स्थानमा उपनिर्वाचन हुँदैछ । विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कार्यकारी पदमा उपनिर्वाचन हुने भएको हो । आगामी मंसिर १४ गते प्रतिनिधि सभा सदस्यको एक, प्रदेश सभा सदस्यको तीन, नगरपालाका प्रमुखको एक, गाउँपालिका अध्यक्षको तीन, गाउँपालिका उपाध्यक्षको एक र वडाध्यक्ष ४१ जनाको लागि निर्वाचन हुँदैछ । गण्डकी प्रदेशको कास्की क्षेत्र नं दुईबाट निर्वाचित सांसद तथा तत्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो स्थान रिक्त थियो ।

त्यसैगरी प्रदेश ३ को भक्तपुरका हरिशरण लामिछाने, गण्डकी प्रदेशको बागलुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको निधन भएपछि ती स्थान रिक्त भएका थिए । अधिकारी, लामिछाने, घर्ती र वली चारै जना प्रत्यक्षबाट निर्वाचित सांसद थिए ।

स्थानीय तहतर्फ भने धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको, पाँचथरको फाल्गुनन्दा गाउँपालिकाको अध्यक्ष अम्वर कुमार नेम्वाङको, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको र महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष बिनोद चौधरी तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमालको निधन भएपछि ति स्थान रिक्त थिए ।

स्थानीय तहमा वडा सदस्य, महिला सदस्य, दलित सदस्य, कार्यपालिका सदस्य र जिल्ला समन्वय समिति सदस्यहरु गरी नौं सय बढीको स्थान रिक्त भए पनि उप निर्वाचन गर्ने कानूनी प्रावधान छैन । यसैबिच उपनिर्वाचनको तयारी आचारसंहिता निर्माण, मतदाता नामावली, मतदाता शिक्षा, अगाडीका कमजोरी हटाउने होमवर्क लगायत निर्वाचनका समग्र पाटोको विषयमा केन्द्रित रहेर निर्वाचन आयोगका प्रवक्ता शंकर प्रसाद खरेलसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?