रसुवा काङ्ग्रेसमा प्रदेश चुनावको सरगर्मी शुरु, कस्ले मार्ला त बाजी ?

काठमाण्डौं, २६भदौ ।आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिती नजीकीदै गर्दा रसुवामा पनि चुनावी सरगर्मी शुरु भएको छ । विभिन्न राजनैतिक पार्टी सम्बद्द ब्यतीहरु आफ्नो पोल्टामा टिकट प्राप्त गर्न को लागि नेता रीझाउने देखि कार्यकता जमघट लगायतका गतिविधिलाई तिव्र पारेका छन ।निर्वाचनको मिति नजिकिँदै गर्दा राजधानी काठमाडौ को नजिकै रहेको रसुवा जिल्ला मा पनि राजनीतिक सरगर्मी बढ्न थालेको छ । छिमेकी मुलुक चीन सङको छोटो दुरी मा नाका रहेको र प्रचुर मात्रामा आर्थिक, प्राकृतिक र पर्यटकीय सम्भावना बोकेको भएकाले पनि रसुवामा सबै राजनीतिक दलको ध्यान केन्द्रिय र प्रदेश सांसद लगायतका पदहरु कसरी आफ्नो पोल्टोमा पार्न सकिन्छ भन्नेमै केन्द्रीत भएको छ ।यसैबीच केन्द्रिय निर्वाचन क्षेत्र १ र प्रदेश को २ ओटा क्षेत्र रहेको रसुवा जिल्ला मा सम्भाबित नेपाली काङ्ग्रेस का उम्मेदवार हरुले नेतृत्व रीझाउन आफ्नो नजिकका कार्यकर्ता परीचालन समेत गर्न थालीसकेका छन ।अहिले चियापसलदेखि सार्वजनिक बस र चौतारीदेखि चुनाबमा टिकट कसले लिने, को अगाडि बढ्ने र कसको जित होला भन्ने जस्ता अड्कलबाजी समेत गर्न थालिएको छ ।नयाँ संरचना अनुसार, रसुवामा पाँचवटा गाउँपालिका रहेका छन । राजनैतिक हिसावले प्रदेश को निर्वाचन क्षेत्र नं. २ भन्दा बढी महत्व बोकेको १ नम्बर क्षेत्र मा चुनावी चहलपहल ह्वात्तै बढेको छ । नेपाली काङ्ग्रेस को तर्फ बाट केही आकांक्षि देखीएतापनी नेपाली काङ्ग्रेस ले ३ जना मध्ये कस्लाइ टीकट दीदा जित्न सकीन्छ भनेर आन्तरिक छलफल चलाइरहेको बुझीएको छ । लगभग १६ हजार जनसंख्या रहेको यो क्षेत्रमा गोसाइँकुण्ड, नौकुन्ड र कालीका गाउपालीका को वडा न ४ र ५ मीलाएर बनाइएको क्षेत्र हो । गत स्थानीय निर्वाचनमा गोसाइँकुण्ड नयाँ शक्तिले , नौकुन्ड र कालीका गाउँपालिकाको वडा न ४ नेपाली काङ्ग्रेसले र कालिका गाउँपालीकाको वडा न ५ एमाले ले जितेको थियो । यसरी हेर्दा यो क्षेत्र मा एमाले र नयाँ शक्ती भन्दा नेपाली काङ्ग्रेस स्पष्ट रुपमा बलियो देखीन्छ । नेपाली काङ्ग्रेस ले यस क्षेत्रलाई आफ्नो पकड इलाका को रुपमा लीएको छ ।यी हुन नेपाली काङ्ग्रेसका सम्भाबित ३ उम्मेदवार१. कुमार देवकोटाउमेर ले करीव ४५ भन्दा तल रहेका देवकोटा यस क्षेत्र का लागि प्रबल सम्भावना बोकेका उम्मेदवार हुन । युवा अवस्था देखि नै काङ्ग्रेस मा कृयाशिल रहदै आएका उनी नेपाली काङ्ग्रेस रसुवा काठमाडौ सम्पर्क समीती का निवर्तमान सभापति हुन । सम्पर्क समीती को सभापति रहदा उनले पार्टी को पक्षमा राम्रो माहोल सिर्जना गर्दै सयौं को संख्या मा युवाहरूलाई अन्य दल बाट काङ्ग्रेस प्रबेश गराएका थिए । भुकम्प को समयमा राहत तथा पुनस्र्थापना मा उनले गरेको उल्लेखनीय कार्यले गर्दा आम जनता माझ लोकप्रिय छन । राजनैतिक पृष्ठभुमिका देवकोटा रसुवा का पुर्ब पार्टी सभापति ठाकुर देवकोटा को छोरा हुन । कृयाशिलताको हिसाब र आम युवा माझ लोकप्रिय रहेका उनी यसअघि को स्थानीय निकायको निर्वाचनमा कालीकागाउँ पालीकाको अध्यक्ष को प्रबल सम्भावना रहदा पनि उनले आफू प्रदेश मै इच्छुक रहेको बताएका थीए । केन्द्रिय राजनीति र पार्टी का अधिकास नेताहरु देवकोटा को पक्षमा देखीएका छन । उनले टिकट पाएको खण्डमा नेपाल काङ्ग्रेस ले सुविधाजनक बहुमत ले चुनाव जित्ने मा कुनै दुइमत छैन ।२. राजु तितुङबिद्यार्थी कालदेखि नै निरन्तर लागीरहेका तितुङ अर्का सम्भाबित उम्मेदवार हुन । नेपाल तरुण दलको जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सद्स्य समेत रहेर काम गरेका उनी जिल्ला मा पार्टी सचिब सम्म रहेर काम गरीसकेका छन । पार्टीको गत १३ औ महाधिवेशन मा उनी पार्टी सभापति मा झिनो मत ले पराजीत भएका थिए । निरन्तर रुपमा पार्टी र संगठनमा काम गरीरहेका तितुङ लाई प्रबल दाबेदार को रुपमा हेरीएको छ ।३. प्रभात लामासाबीक स्याप्रुबेशी निवासी प्रभात पार्टीको बाह्रौ अधिबेशन पश्चात जिल्ला सद्स्य मा मनोनित भएका थिए । हाल उनी महासमिति सद्स्य हुन । उनको रसुवाको उपल्लो भुभाग मा राम्रो प्रभाव रहेको छ । उनी पनि आफुले टीकट पाएको खण्डमा निर्वाचन जित्नेमा आशावादी छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?