२ जेष्ठ २०७९, सोमवार

‘सैतानी ब्याज’ को डरलाग्दो पासो

२०७४,पुष,१९,बुधबार ०२:४९

0
Shares

काठमाडौँ, १९ पुस- ‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन् गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका अधिकांशविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा चलिरहेको छ । उनीहरूको भनाइ छ– ‘सयकडा पाँच रुपैयाँ ब्याजदरमा ५० हजारदेखि दुई लाखसम्म ऋण दिएका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साहले तीन–चारवटा फर्जी कागज बनाएर ऋणीमाथि ब्याजको पासो थापेका छन् ।’ लिएभन्दा धेरै रकमको फर्जी कागज बनाएर प्रदेशीले ऋणीविरुद्ध सर्लाही जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरेको पीडितको आरोप छ यसबारे बुझ्न खोज्दा प्रदेशी सम्पर्कमा आएनन् भने उनका छोरा सुजय साहले ऋणीले पैसा पचाउन नाटक गरेको दाबी गरे मधेसमा चर्को ब्याजमा ऋण दिने र कागज बनाएर त्यसैका आधारमा ऋणीलाई वर्षौंसम्म शोषण गरिरहने अवस्थालाई ‘सैतानी ब्याजको पासो’ भन्ने चलन छ श्याम प्रदेशीको मिटर ब्याजको धन्दाबारे जिल्लाका अधिकांश प्रमुख दलका नेता, सबैजसो सरकारी कार्यालयका प्रमुख जानकार छन् प्रदेशीले अधिकांश दलित, भूमिहीन र महिलालाई ऋण दिएका छन् । आफूअनुकूल हुने गरी उनीहरूलाई करकापमा पारेर फर्जी कागजात तयार पारेका छन् तिनै कागजातका आधारमा उनी ऋणीबाट साँवाको दोब्बर र तेब्बरसम्म रकम असुल्छन् । जब ऋणी तिर्नै नसक्ने हालतमा पुग्छन् अनि अदालतमा लेनदेन मुद्दा दायर गर्छन् सर्लाही जिल्ला अदालतका कर्मचारी दिनेश मिश्रका अनुसार प्रदेशी र उनको परिवारका नाममा जारी लेनदेनको ५० मुद्दामा प्रदेशीको पक्षमा फैसला गरी अदालतले ३५ दिने पुनरावेदनको म्याद जारी गरिसकेको छ यस्तो म्याद तामेल भएको सात दिनभित्र अदालतमा उपस्थित नभए कानुनबमोजिम सजाय हुने व्यवस्था छ प्रदेशीले दायर गरेका लेनदेनका ३५ मुद्दा भने अदालतमा फैसलाका क्रममा छन् । सोही मुद्दाका आधारमा दुई ऋणीले जेल सजाय भोगिरहेका छन् । प्रदेशीले ऋणीहरूसँग छोरी इला साह, ज्वाइँ रामबाबु साहदेखि छोरा सुजय साह, श्रीमती रन्जु साहसम्मले ऋण दिएको कागज बनाएका छन्, कान्तिपुरमा खबर छ  ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ०२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी २  काठमाडौं महानगरमा १५६

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त २  आज र

ताजा समाचार