गायक गिरीको ‘यात्री’ सार्वजनिक (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । गायक सुनिल गिरीको पर्यटन वर्ष २०२० केन्द्रीत गीत सार्वजनिक भएको छ ।

मायाप्रेमका गीतहरु गाउँदै आएका गायक गिरी केहि फरक शैलीको गीत प्रस्तुत गर्नुभएको हो ।
सोमबार एक कार्यक्रमकाबीच अन्नपूर्ण बेस क्याम्पमा छायांकन गरिएको गिरीको ‘यात्री’ गीत युट्युब सार्वजनिक गरिएको हो ।

रिलिज म्युजिक भिडियोमा घान्द्रुकको बेशीदेखि पैदल यात्रा गर्दै अन्नपूर्ण बेस क्याम्पसम्मका मनमोहक दृश्यहरु समेटिएका छिन् ।

गीतमा शब्द, संगित र स्वर गिरीको नै रहेको छ । गीतको भिडियोमा भने गायक गिरी, विनोद अधिकारी, टिकाराम पनेरु, विष्णुकान्त घिमिरे, रामकृष्ण बानियाँ लगायतको अभिनय रहेको छ । गीतको भिडियोलाई गायक गिरीले नै निर्देशन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?