‘प्रहरीलाई रवि लामिछाने निल्नु न ओकाल्नु भयो’ : गायक गुरुङको कडा प्रतिक्रिया

appharu
0
Shares

काठमाण्डौं । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुने गरेका छन् ।

पत्रकार, कलाकार, राजनीतिक दलका नेता कार्यकर्ताहरुले सडक देखी सदन सम्म आवाज उठिरहेको छ ।

यसै विषयमा लोक तथा दोहोरी गायक मौसम गुरुङले फरक मत राख्नु भएको छ । गायक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

यतिखेर प्रहरीलाई रवि लामिछाने निल्नु न ओकाल्नु भाको छ । लहैलहैमा पक्राउ गरि हाले अब अहिले जेल हालु अपराधी होइन, छाडीदिउ अपराधी पत्तो लगाइदिन्छ । टोक्नु न बोक्नु भनेको यहि हो !!

गुरुङको स्टाटसमा सहमति जनाउदै नीसा श्रीसले लेख्नुभएको छ ।

अपराधी खुलेआम छाती फुलाउदै हिडिराछ । निर्दोषलाई भित्र थुनेछ यस्तै छ नेपालको कानुन । गुरुङको स्टाटसमा धेरैले सहमति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?