विराटनगर, १९ पुस- सात वर्षपहिले श्याम ऋषिदेव र सरस्वती पोखरेलले प्रेमविवाह गरे । मोरङ बूढीगंगा– २ गंगा चोकका श्याम र सुनसरीको बर्जु गाउँपालिकास्थित अमडुवाको सुब्बा टोलकी सरस्वतीले अन्तरजातीय विवाह गरेका कारण गाली र लाठी खाइन् । सरस्वतीका माइतीले उनीहरूलाई छुटाउन अनेक तरिका अपनाए । पुलिस लगाएर थुनाउनुका साथै श्यामकै गाउँमा गएर लाठी पनि हानेका थिए, नयाँ पत्रिकामा खबर छ तर, कठिन मिहिनेत र सार्थक प्रेमले गर्दा आज उनीहरू सफल जोडी बनेका छन् । विराटनगर महानगरसँग सिमाना जोडिएको बूढीगंगा गाउँपालिका– २ गंगाचोकमा बसोवास गर्दै आएका श्याम र सरस्वतीको प्रगति देखेर आजकल मानिसहरू ताली बजाउन थालेका छन् । बूढीगंगाका राजनीतिकर्मी कपिल सुनारले भने, ‘जात र धनले मात्र सफल दम्पती बनिँदैन भन्ने श्याम र सरस्वती उदाहरण नै बनेका छन् ।’उद्यमशीलताले गर्दा आफ्नो जीवन सफल बनाएपछि आजकल सरस्वतीलाई माइती पक्षले पनि बोलाउन थालेका छन् । भाइबहिनीहरू आवतजावत गर्न थालेका छन् । सम्बन्ध अन्तर्घुलन हुँदै गएकाले एक दिन ससुराली पक्षले सपरिवार घरमा बोलाएर सम्मान दिनेमा श्याम आशावादी छन् । उनी भन्छन्, ‘पहिले गाली दिए पनि अहिले माया दिन सुरु भएको छ । अब बिस्तारै सम्मान पनि पाइन्छ भन्नेमा हामी ढुक्क छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया