कविता: ‘भिड र भेडा’

उ सामेल हुँदा भिड भेडाको हुन्छ
उ सामेल हुँदा भिड अन्ध-भक्तको हुन्छ
तर जब तिमी सामेल हुन्छौ भिडमा
तब,
भिड आन्दोलन हुन्छ
भिड परिवर्तनको खातिर हुन्छ

ओहो!
तिमी कत्रो सर्वोपरी
उ कत्रो निर्जिव गोटि

कत्रो विविधता तिमी र उ हुनुमा
दुवै जनता हुनुमा
अथवा एक अर्कोको नजरमा भेडा हुनुमा

तिमी कुर्लिदै भन्छौं;
‘विचारमा विविधता हुन्छ,
विविधताको सम्मान हुन्छ
लोकतन्त्रमा, जनता सर्वोपरी हुन्छ’

तर बिडम्बना,
तिमी नभएको भिड चै’ भेडाकै हुन्छ।
– सुधन महत धरान-०५, ठिङ्गाबारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?