प्रदेश २ सरकारले भ्रष्टचार बढायोः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ का कारण भ्रष्टचार बढेको आरोप लगाउनुभएको छ । तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको सम्झनामा आज सोमबार धनुषामा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले प्रदेश दुईका कारण जनताले झन् दुःख पाएको टिप्पणी गर्नुभयो ।

फरक प्रसंगमा उहाँले बाढी, आगलागी र सीमा समस्याको दिर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले मास्टर प्लानसहित चुरे संरक्षण नभएसम्म तराईको मरुभूमिकरणको स्थायी समाधान नभएको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?