रेडकर्नर नोटिस र डिफ्युजन नोटिसमा भएका आपराधिक व्यक्ति नेपाल प्रवेश

काठमाडौं, १९ पुस- अन्तर्राष्ट्रिय प्रहरीहरूको संगठन (इन्टरपोल) ले आतंककारी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको तथ्यांक(डाटा) नेपालको अध्यागमन संयन्त्रसँग नजोड्दा अवाञ्छित व्यक्तिहरूको आवागमनले मुलुकमा सुरक्षा चुनौती बढाएको छ। त्यसले नेपालको सीमा सुरक्षामा समेत असर पार्दै आएको छ, अन्नपूर्ण पोस्टमा खबर छ इन्टरपोलले तयार पारेको मोबाइल इन्टरपोल नेटवर्क डाटाबेस (माइन्ड) र फिक्सड इन्टरपोल नेटवर्क डाटाबेस (फाइन्ड) का डाटा अध्यागमन विभागको पहुँचमा छैन। यसमा पहुँच नहुँदा अध्यागमन विभागले इन्टरपोलको डाटाबेसमा रहेका संदिग्ध व्यक्तिको पहिचान गर्न सक्दैनमाइन्डमा हराएका वा चोरी भएका राहदानी र हराएका सवारी साधनको विवरण राखिएको हुन्छ भने फाइन्डमा आपराधिक व्यक्तिको व्यक्तिगत विवरण (फोटो, औंठा छाप, डीएनए) राखिएको हुन्छइन्टरपोल र अध्यागमनको डाटाबेस नजोड्दा इन्टरपोलका १ सय ९२ सदस्य राष्ट्रले जारी गरेको रेडकर्नर नोटिस र डिफ्युजन नोटिसमा भएका केही आपराधिक व्यक्ति नेपाल प्रवेश गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?