लगातार ओरालो लागेको शेयर बजार ७ अंकले बढ्यो

काठमाडौं । केहीदिनदेखि लगातार घटेको शेयर बजार आज सोमबार भने बढेको छ । आज नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ७.२३ अंकले बढेर १ हजार २ सय २२.०६ अंकमा उक्लिएको छ । गत चार कारोबार दिनमा सूचक १९.०१ अंकले घटेको थियो । कारोबार मापक सूचक सँगै कारोबार रकम समेत बढेको छ ।

आज १७५ कम्पनीको १४ लाख ७७ हजार कित्ता शेयर ३८ करोड ९६ लाख रुपैयाँमा कारोबार भयो । १४ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको हो । अदाइतबार कारोबार रकम ३१ करोड रुपैयाँमा खुम्चिएको थियो ।

आज सबैभन्दा बढी सिद्धार्थ बैकको संस्थापक शेयरको कारोबार भयो । बैंकको दुई करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी दोस्रो भएको छ । उसको मात्रै दुई करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?