मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्‍का

काठमाडौं, १९ पुस- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारका उपप्रधानमन्त्रीसहित सबै मन्त्रीको भ्रमण तथा अनुगमन खर्चवापतको भुक्तानी रोक्का गरेको छ। प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूको भ्रमण बिल भुक्तानी रोक्का गरेपछि कार्यालयको आर्थिक प्रशासन शाखामा तीन सातादेखि झन्डै पाँच दर्जन मन्त्रीहरूको भ्रमण बिलको खात लागेको छमन्त्रीहरूको भ्रमण र अनुगमन शीर्षकअन्तर्गतको रकम सकिएकाले भ्रमण तथा अनुगमनवापत भुक्तानी कार्य रोकिएको प्रधानमन्त्री कार्यालय लेखा शाखाका एक अधिकारीले जानकारी दिए। ‘भ्रमण र अनुगमन शीर्षकमा आएको पैसा सकिएकाले भुक्तानी रोक्का गरिएको हो।’ कार्यालयका एक लेखा अधिकारीले भनेरकम सकिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रीहरूको भ्रमण खर्च भुक्तानीका लागि भन्दै अर्थ मन्त्रालयसँग एक करोड माग गर्दै पत्र पठाएको छ। तर, अर्थ मन्त्रालयबाट रकम नआएकाले मन्त्रीहरूले तीन सातादेखि भुक्तानी पाउन सकेका नसकेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले मन्त्रीहरूको भ्रमणवापत विनियोजन गरिएको रकम सकिएकाले अर्थसँग रकम माग गरिएको जानकारी दिए। अर्थबाट रकम आउनासाथ भुक्तानी प्रक्रिया थालिने उनले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?