कांग्रेस संस्थापक सुन्दासको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले नेपाली राष्ट्रिय काङ्ग्रेसकी संस्थापक सदस्य एवं वरिष्ठ साहित्यकार डा. लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गर्दछ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेत्री सुन्दासको ८५ वर्षको उमेरमा गत साउन ३० गते निधन भएको हो ।

सन् १९३४ मा जन्मिनु भएकी सुन्दास राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्व सुन्दास सन् २००१ को भारतीय अकाडमी पुरस्कारबाट विभूषित हुनुभएको थियो ।

प्रमुख सचेतक खाणले सुन्दासले राजनीतिक, साहित्यिक र शैक्षिक क्षेत्रमा पु-याउनु भएको योगदान सदाका लागि स्मरणीय रही रहने उल्लेख गर्दै उहाँको निधनले राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?