प्रधानमन्त्री ओली समझदारी अनुसार चल्नुहुन्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली समझदारी अनुसार चल्ने दाबी गर्नुभएको छ । आज सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ओली समझदारी अनुसार चल्ने दाबी गर्नुभएको हो ।

उहाँले नेकपाको सरकार ५ वर्षसम्म रहने जिकिर समेत गर्नुभयो ।

कानुनी जटिलताका कारण सरकारले तिब्र गतिमा विकास गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारले पहिलोमा यस्ता सबै आधार बनाइसकेकाले अब द्रुत गतिमा अघि बढ्ने अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?