महाराष्ट्रमा सडक दुर्घटना: १३ जनाको मृत्यु, २० जना घाइते

एजेन्सी । भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । स्थानीय समयानुसार आइतबार राति १०ः३० बजे सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको र जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । दुबै सवारी साधनको अगाडीको भाग नै ठोक्किएको हुनाले दुबै चालकको दुर्घटनामा मृत्यु भएको छ ।

महाराष्ट्र राज्यको शाहादा शहरको अरुरानगाबाद ग्रामीण इलामामा यात्रा गइरेहको सो बसमा ४५ जना यात्रु सवार रहेका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?