फुटबल स्टार किरण चेम्जोङ – जसले आफ्नो पीडालाई शक्तिमा बदले

जति सफल खेलाडी उति असल छोरा

काठमाडौं । किरण चेम्जोङ नेपाली फुटबल प्रेमीहरुका लागि निकै प्रिय नाम हो । १० जना खेलाडी संयुक्तरुपमागोल गर्न दौडिरहेका वेलाविपक्षीको गोललाई ढाल जसरी रोक्न उभिएका हुन्छन् किरण ।विगत १दशकदेखि उनी यसैगरी ‘रक्षक’का रुपमा मैदानमा जम्छन् ।
किरण अहिले माल्दिभ्सको टिसी स्पोर्टस् क्लबका लागि खेल्छन् । सन् २०१८ माउनलाई माल्दिभ्स कै उत्कृष्ट गोल किपरका रुपमा सम्मानित समेत गरिएको थियो । यसर्थमा अन्तर्राष्ट्रिय स्तरमाआफ्नो नाम फैलाउन सफल केही नेपाली खेलाडीको सूचीमा पर्छन् किरण पनि।

फुटबल उनका लागि खेल मात्र होइन, नशाहो । यस्तो नशाजसमा डुबेर उनले नाम, दाम, सम्मान र खुसी कमाएका छन् । धनकुटाको सानो गाउँबाट संसारको सयर गर्ने अवसर पनि फुटबलले नै जुराइदिएको छ किरणको जीवनमा ।

साथीभाइको जुत्ता सापट लिएर फुटबल खेल्ने किरणलाई उनको खेल कौशलताले नै यो उचाइसम्म डो-याएको छ । सानो हुँदा फुटबल खेलाडीको जीवन देखेर लोभिने ‘फ्यानब्वाइ’ किरणका अहिले आफ्नै फ्यान छन् । आफ्नो खुसीतिनै फ्यानमा लुकेको बताउँछन् उनी ।

किरणलाई अत्यन्तै मन पराउने वाउनको खेल रुचाउनेहरुलाई एउटा कुरा थाहा नहुन सक्छ कि उनीजति सफल खेलाडी हुन् उतिकै असल छोरा पनि । आफू ३ महिनाको छँदा बुबाले अर्कै घर बसाएपछि आमालाई कहिल्यै एक्लो महसुस हुन दिएका छैनन् किरणले । आफ्नी आमालाई ‘सुपर हिरो’ भन्छन् उनी । ‘बुबाले छोडेपछि आमाले चिया बेचेर हामीलाई पढाउनुभयो,’ भावुक हुँदै किरण भन्छन्, ‘मेरो फुटबल खेल्ने सपनामा पनि सधैं साथ दिनुभयो ।’

छोरालाई फुटबल खेल्ने जुत्ताकिन्ने सामथ्र्य नभएकी किरणकी आमाले यू १६ को छनोटका लागि काठमाडौं आउने वेला ऋण लिएर किरणलाई सपना पूरा गर्न पठाएकी थिइन् । झोला सँगसँगै जिम्मेवारी र ऋणको बोझबोकेर १३ वर्षीय किरण हानिएका थिए काठमाडौं । विस्तारै किरणको नाम चुलिँदै गयो र घरबाट बोकेर आएको बोझ क्रमशः हल्का लाग्न थाल्यो ।
फुटबल स्टार किरणको बारेमाअझै जान्नलाई भिडियो हेर्नुहोस्:

https://www.youtube.com/watch?v=n8qrifjZUUM&t=8s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?