कर कार्यालयको स्वीकृति बिना बैंकबाट ऋण नपाउने

काठमाडौं । कर कार्यालयको स्वीकृति बिना कुनैपनि कम्पनी तथा फर्मले बैंकबाट ऋण नपाउने भएका छन् ।

बैंकबाट कर्जा लिनका लागि कम्पनीले कर कार्यालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । कम्पनी तथा फर्मले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि फरक फरक विवरण बनाएका कारण यस्तो नीति अघि सारीएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभागले विभिन्न बैंकहरसँग छलफल गरेरै यो नीति अघि सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?