२०७८,असार,८,मंगलवार

श्रीमानको हत्या लुकाउन पैसा असुल्ने महिला पक्राउ


काठमाडौं । श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका-४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ ।

घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग तीन लाख मागेको बयानमा उल्लेख छ ।

केही समयपश्चात् मृतक पूर्णबहादुरकी श्रीमती मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।

स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ । रम्तेलसँग मीनाले दुई लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आफ्नै पतिको हत्याराबाट लिएको सो रकम सदरमुकामस्थित एक सहकारी संस्थामा एक लाख ७० हजार र ३० हजार आफ्नी सासूलाई भैँसी किन्न दिएको बयानका क्रममा खुलेको छ ।

प्रकाशित मिति: २०७६,भाद्र,२,सोमवार १२:१५


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण

काठमाडौं । कोरोना सङ्क्रमणको गतिलाई रोक्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएसँगै नागरिकको जनजीवन कष्टकर बनेको छ । यो समयमा

काठमाडौं । दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ । दक्षिणकालीको पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको इलाका प्रहरी

काठमाडौं । मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई

सेनाद्वारा काठेपुल निर्माण
 २०७८,असार,८,मंगलवार १६:२४