आजदेखि भरतपुरको चौविसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र

काठमाडौं । चितवन भरतपुरको चौबिसकोठीदेखि मालपोत चोक सम्मको क्षेत्रमा प्रदर्शन र मानिसको जमघट निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले यो क्षेत्रमा आजदेखि प्रदर्शन र हुलहुज्जत गर्न नदिने भएको हो ।

अधिकांस अस्पताल र संवेदनशिल क्षेत्र रहेकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अघोषित निषेधित क्षेत्र बनाउन लागेको हो । चितवनका प्रहरी प्रमुख (एसपी) दान बहादुर मल्लका अनुसार आजदेखि जिल्लाको सुरक्षा व्यवस्था झन कडा बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?