किसान महासंघको अध्यक्षमा पूर्वकृषिमन्त्री हरिप्रसाद पराजुली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले लामो समयदेखि किसान महासंघको अध्यक्ष रहँदै आएका वामदेव गौतमलाई उक्त पदबाट हटाएको छ । उनलाई हटाइएसँगै पूर्वकृषिमन्त्री हरिप्रसाद पराजुलीलाई अध्यक्ष बनाइएको छ ।

आइतबार बसेको सचिवालयको बैठकले शुक्रबारमात्रै पार्टीको उपाध्यक्ष र संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका वामदेवलाई किसान महासंघको अध्यक्षबाट हटाइएको हो ।

किसान महासंघको इन्चार्ज भने वामदेवलाई नै दिइएको छ ।

२०७२ असार १५ गते काठमाडौंमा आयोजित धान दिवसमा महिलाहरूलाई दुर्व्यवहार गरेको आरोपमा तत्कालिन कृषि मन्त्रीउनी विवादमा तानिएका थिए । लगत्तै उनको मन्त्री पद गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?