अर्जुन क्षेत्रीले गरे यस्तो खुलासा ! रवीको बारेमा लेखे स्टाटस

काठमाडौं। युवा ज्योतीष अर्जुन क्षेत्रीले रवी लामिछाने र उनका समर्थकलाई नआत्तिन आग्रह गर्नुभएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका रवी लामिछानेलाई पक्राउ गरि अनुसन्धानका गरिरहेकै बेला क्षेत्रीले फेसबुकमा स्टाटस लेख्दै नआत्तिन आग्रह गर्नुभएको हो ।

उनले लेखेका छन्, “कोहि आत्तिनु पर्दैन , अबको एक हप्तापछि सुर्य प्रबल हुन्छ रबि जिलाई १०-१८ दिन भित्र धरौटीमा रिहा गरिन्छ, केतु र राहु दृष्टिले गर्दा २-३ महिनासम्म उहाँको टेलिभिजन कार्यक्रम बन्द रहन्छ ! मंगल निच छ, चन्द्र प्रबल आन्दोलन हुन्छ २-३ जनाको मुत्यु हुन्छ तर आत्तिनु पर्दैन घाइते सङ्ख्या पनि थोरै रहन्छ !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?