ला लिगा फुटबल: एट्लेटिको मड्रिडको विजयी सुरुवात

एजेन्सी । आईतबार राति भएको स्पेनिस ला लिगा अनर्तगतको खेलमा एट्लेटिको मड्रिडले विजयी सुरुवात गरेको छ ।

आईतबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदान जित निकाल्ने क्रममा एट्लेटिको मड्रिडका लागि अल्भारो मोराटाले विजयी गोल गरेका थिए ।

२३ औ मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिको मड्रिडलाई खेलमा विजयी गराएका हुन् । जर्ज मोलिना ३८ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली गेटाफे १० खेलाडीमा सिमिति बनेको थियो ।

४२ औ मिनेटमा रिनन लोनी दोहरो पहेलो कार्ड खादै मैदान छाडेपछि एट्लेटिको समेत १० खेलाडीमा झरेको थियो । उनले एक मिनेटको अन्तरमा दुई पहेलो कार्ड खाएका थिए ।

५६ औ मिनेटमा एट्लेटिकोले पेनाल्टीको अवसर पाएको थियो । तर मोराटा पेनाल्टीमा चुकेपछि एट्लेटिकोले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो ।

जितपछि एट्लेटिको लिगमा स्पष्ट ३ अंक जोडेको छ ।

आईतबार रातिनै भएका अन्य खेलमा रियल भालाडोलिडले रियल बेटिसलाई २-१ ले हरायो । सेभिल्लाले स्प्यानियोललाई २-० र डिपोर्टिभो आल्भेसले लेभान्तेलाई १-० ले पराजित गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?