५ मिनेटसम्म उफ्रिए सडक–२ को अफरले : आलिया भट्ट

appharu
0
Shares

काठमाण्डौं । आलिया भट्ट अहिले सडक २ को सुटिङमा व्यस्त छिन् । यसपछि उनी सञ्जयलीला भन्सालीको इन्सा अल्लाह र करण जौहरको तख्तमा व्यस्त हुनेछिन् ।

व्यस्त आलियाले सडक २ को अफर आउँदा आफू खुसीले उफ्रिएको अनुभव सुनाएकी छन् ।
‘मलाई याद छ कि म खुसीले उफ्रिएकी थिएँ, म मुम्बईबाट बाहिर थिएँ ।

अचानक मलाई कल आएको थियो कि म फिल्ममा मलाई लिइएको छ,’ उनले भनिन्, ‘म खुसीले पाँच मिनेटसम्म उफ्रिरहें । म खुब उत्साहित थिएँ र सुटिङ पनि राम्रै चल्दै छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?