शिल्पा पक्राउ नपर्नुको कारण यस्तो छ…

appharu
0
Shares

काठमाण्डौं । नायिका शिल्पा पोख्रेलले घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो विषयले निकै चर्चा पायो । चर्चा पाउनु स्वभाविक पनि थियो ।

केहि हिट चलचित्र प्रस्तुत गरेकी नायिका त्यसमा पनि चलचित्र निमार्णमा अब्बल दर्जामा आफूलाई राख्न सफल बनेका निर्माता छविराज ओझाबाट हिंसा भएको उजुरी प्रहरीमा दर्ता भएपछि यो घटनाले चर्चा बटुल्नु कुनै नौलो विषय नै भएन ।

तर शिल्पाको उजुरी प्रहरीमा पुग्ने वित्तिकै केहि विषयमा बहस हुन थाल्यो । छवि–शिल्पाको विवाह ३ वर्ष अघि भएको भएपनि विवाह दर्ता केहि समय अगाडि मात्रै भएको उनीहरुले नै बताएका छन् । तर यो घटना भन्दा अगाडि उनीहरुले विवाहको विषयलाई गोप्य राख्दै आएका थिए ।

नायिका शिल्पाले विभिन्न भिडियो अन्तर्वार्ताहरुमा छ वर्षदेखी संगै र तीन वर्ष अघि विवाह वन्धनमा बाधिएको बताएकी छिन् ।

तर विवाह दर्ता लगभग ६/७ महिना अघि मात्रै भएको शिल्पाको भनाई छ । नायिका शिल्पाको यो प्रष्टोक्तिले शिल्पाले छविको सम्पतिको लागि प्रपञ्च रहेको आरोप समेत लागेको छ ।

घटना साम्य नहुँदै एकाएक निर्माता छविकी पहिलो श्रीमती हेमा ओझाले काठमाण्डौंमा आएर छवि–शिल्पा दुवै जना विरुद्ध बहुविवाहको मुद्धा हालिन ।

हेमाको मुद्धा पछि यो घटनाले फरक मोड लियो । काठमाण्डौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्याे । लगतै छवि–शिल्पा दुवै जना भुमिगत भए । नत प्रहरीले उनीहरुलाई पक्राउ गर्याे । न उनीहरु पहिले जस्तो मिडियामा नै आए ।

तस्बिर: गुगलबाट

पक्राउ पुर्जी
जिल्ला अदालत काठमाडौँले छवि–शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी गर्याे । छविराज ओझाकी पहिललो श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा दर्ता गराएपछि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहको प्रकरणमा छवि र शिल्पालाई पक्राउको पुर्जी जारी गरेलगत्तै निर्माता छवि र शिल्पाको विवाहका जन्ती, लमी, पुजारी र आफन्तलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिन पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको केहि दिन पछि शिल्पा पाटन उच्च अदालत पुगिन । उच्च अदालतले पनि जिल्ला अदालत काठमाण्डौंको आदेशलाई सदर गरिदियो । त्यस पछि नायिका शिल्पा सर्वाेच्च अदालतको सरणमा पुगेकी हुन् ।

फाइल तस्बिर

सर्वाेच्चको आदेश
सर्वोच्च अदालतले निर्माता छविराज ओझा र शिल्पा पोखरेलविरुद्धको बहुविवाहको मुद्दामा भदौ १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यसअघि शिल्पालाई पक्राउ नगर्न सर्वोच्चले आदेश दिएको छ ।

प्रधानन्याधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासले आइतबार आदेश जारी गरेको हो । बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवी र शिल्पाबिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु भुमिगत थिए ।

आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि शिल्पा उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन् ।

शिल्पाको निवेदनमा साउन २४ गते सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पुर्जीको आदेश रोक्न अस्वीकार गरेको थियो ।

उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन् । उच्च अदालतले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि शिल्पा सर्वाेच्च पुगेकी हुन । अव सर्वाेच्चले भदौ १५ गते आईतवार दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?