आर्यन र प्रियंकको रोमान्स ‘सत्य सत्य’ (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । चलचित्र ‘हजार जुनीसम्म’ प्रदर्शनमा रहेका बेला आर्यन सिग्देल र प्रियंका कार्की फिचरिङ रहेको ‘सत्य सत्य’ बोलको गीत सार्वजनिक भएको छ ।

यसअघि निर्माण टिमले प्रियंकालाई फिल्मको कुनै पनि कन्टेन्टमा सार्वजनिक गरेको थिएन । फिल्म रिलिज भएपछि मात्रै प्रियंकालाई यो गीतमार्फत सार्वजनिक गरेको हो ।

गीतमा सुगम पोखरेलको स्वर सुन्न सकिन्छ भने मानस विक्रम थापाले शब्द सिर्जना छ। यस्तै गीतमा प्रविण पौडेलको संगीत छ ।

हलमा रिलिज भइरहेको यो फिल्मले दर्शकबाट औसत प्रतिक्रिया पाएको छ । फिल्मलाई विकास राज आचार्यले निर्देशन गरेका गर्नुभएको हो ।

आर्यन र प्रियंकाका अलावा, अखिलेश प्रधान, सलोन बस्नेत, स्वस्तिमा खड्का लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मको रिलिजअघि राम्रै चर्चामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?