महिलाको नाममा जग्गा पास गराउने बढे, कारण यस्तो

गगन अयडी कैलाली पुस १८ । नेपाल सरकारले महिलाका नाममा जग्गा पास गर्दा छुट दिने व्यवस्था गरेयता जग्गा जमिन माथि महिलाको स्वामित्व बढ्दै गएको छ महिला शसक्तिरणका लागि सरकार गरेको उक्त निर्णय प्रभावकारी हु“दै गएको देखिएको छ जिल्ला मालपोत कार्यालय कैलालीमा गत आर्थिक बर्षमा झण्डै ४ हजार महिलाका नाममा जग्गा खरिद भएकोमा चालु आर्थिक बर्षको ४ महिनामा मात्रै १ हजार चार सय महिलाका नाममा जग्गा खरिद भएको जिल्ला मालपोत कार्यालय कैलालीले जनाएको छ जिल्ला मालपोत कार्यालय कैलालीमा गत आर्थिक बर्षसम्म नगर क्षेत्र र ग्रामीण क्षेत्रका महिलाको नाममा जग्गा पास गर्दा क्रमशः २५ र ३० प्रतिशत राजस्वमा छुट दिने व्यवस्था राज्यले गरेको थियो चालु आर्थिक बर्षबाट भने सबै क्षेत्रमा समान २५ प्रतिशत राजस्व छुट दिने नया“ व्यवस्था लागु भएको छ पुरुषको नाममा भन्दा महिलाको नाममा जग्गा पास गराउदा छुट दिन थालेपछि महिलाका नाममा पास गराउने क्रम बढ्दै गएको जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुख मालपोत अधिकृत बिसनसिंह थापाले बताए मालपोत अधिकृत विसनसिंह थापाका अनुसार कैलालीमा गत आर्थिक बर्षमा ४ हजार ६ सय ५० जना महिलाका नाममा जग्गा रजिष्ट्रेसन पास गरेबापत जम्मा २ करोड ९० लाख भन्दा बढी रकम छुट दिइएको छ यस्तै, चालु आर्थिक बर्षको चार महिना आफ्नो नाममा जग्गा पास गरेका १ हजार ४ सय ५७ जना महिलालाई जम्मा १ करोड ४१ लाख ४९ हजार रकम छुट दिइएको छ मालपोत कार्यालयमा जग्गा खरिद विक्रिका लागि आउने महिलाहरुलाइ काममा समेत सहुलीयतता दिइदै आएको छ राज्यले महिला शशक्तिकरणका लागि थालेको अभियानले शहरी तथा नगर क्षेत्रमा प्रभावकारीता पाए पनि ग्रामीण भेगमा भने अझै प्रभावकारीता नदेखिएको र रकम छुटका लागि मात्र नामसारी हुनेगरेको अधिकृत विसनसिंह थापाले बताए मालपोत कार्यालयमा कैलालीमा जग्गा खरिद विक्रि र नाम सारिमाका लागि आउने महिलाहरुलाई काममा समेत प्राथमिकतामा राखेर काम गरेको देखिन्छ महिलालाई प्राथमिकता दिएर २५ प्रतिशत छुट दिने व्यवस्था गरिए संगै सम्पतीमा महिलाहरुको स्वामित्व बढ्न थालेपछि महिलाहरु पनि खुशी देखिन्छ जिल्ला मातपोत कार्यालयले गत आर्थिक बर्षमा २७ करोड ७४ लाख राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षको चार महिनामा मात्रै झण्डै ९ करोड रावस्व संकलन गरेको जिल्ला मालपोत कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?