राष्ट्रिय वाणिज्य बैंकले कमायो ५ अर्ब ३२ करोड नाफा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा भन्दा २०७५ र ०७६ मा कूल ५ अर्ब ३२ करोड नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७४ र ०७५ मा बैंकको कूल नाफा ३ अर्ब ६५ करोड रहेकोमा गत आवमा ५ अर्ब ३२ करोड नाफा कमाउन सफल भएको बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर जारी नगरेकाले नाफाको ४० प्रतिशत लाभांश सरकारी कोषमा जम्मा हुने बैंकको भनाइ छ ।

बैंकले ब्याजमा १५ अर्ब बढी आम्दानी गरेको छ ।

असार मशान्तसम्म बैंकको निक्षेप १ खर्ब ९० अर्ब तथा कर्जा रकम १ खर्ब ४४ अर्ब रहेको जनाइएको छ । १३ अर्ब ७३ करोड रुपैयाँ रिजर्ब रहेको बैंकको चुक्ता पूँजी ९ अर्ब रहेको जनाइएको छ ।

बैंकले गत आर्थिक वर्षमा बेसरेट घटाएर ५ दशमलव ५० प्रतिशत पुर्याएको छ । अघिल्लो वर्षको बेसरेट ६ दशमलव २० प्रतिशत रहेको थियो ।

बैंकको पूँजीकोष अनुपात १३ दशमलव २० प्रतिशत रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?